Section 7
नेपाल सरकारले विगो निर्धारण गर्ने

(१) नेपाल सरकारले यस ऐन बमोजिम विगो असुल गर्दा छात्रवृत्तिको विषय, स्तर, अवधि तथा छात्रवृत्ति बमोजिम अध्ययन गर्ने वा तालीम लिने मुलुक र संस्थाको आधारमा विगो निर्धारण गर्नेछ ।

(२) उपदफा (१) बमोजिम बिगो निर्धारण गर्दा प्राविधिक वा अप्राविधिक विषयमा अध्ययन गर्दा सम्बन्धित शिक्षण संस्थामा लागेको शिक्षण शुल्क तथा कुनै अनुदान तिरेको भए त्यस्तो अनुदान रकम बराबरको बिगो निर्धारण गर्नु पर्नेछ ।

(३) ………………

(४)………………..

(५) यस दफा बमोजिम नेपाल सरकारले निर्धारण गरेको विगो सम्बन्धमा यस ऐन अन्तर्गत मुद्दा हेर्ने अधिकारी समक्ष वा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।

(६) उपदफा (२) बमोजिमको बिगो छात्रवृत्तिमा गई अध्ययन गर्ने व्यक्तिको जायजेथाबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।